प्रधानमन्त्री ओलीको दमककाे घरमा ढुंगामुढा

प्रधानमन्त्री ओलीको दमककाे घरमा ढुंगामुढा

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।

जेनजी आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेका हुन् । त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । साथै दुईवटा मोटरसाइकलमा समेत आगजनी भएकाे छ ।

दमक चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारी पछि नगरपालिका कार्यालयतर्फ अघि बढेका थिए ।

Logo