जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्येष्टि

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्येष्टि

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।

मृत्यु भएको सात दिनपछि सोमबार बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो । उनलाई पशुपतिमा लगेर जलाइएको हो । सोही क्रममा उनका बुबा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्ट्राचारमुक्त बनाउनको लागी विद्रोहीको रुपमा गएको परिणाम आफूहरुले भोग्नु परेको बताए ।

उनले भने, ‘देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनको लागी मेरो छोरा पनि आन्दोलनमा गएको थियो । उसलाई छातिमा दुई वटा गोली लागेको थियो । उसलाई सिभिल अस्पतालमा लगेको थियो । त्यहाँबाट केएमसी लगियो, त्यहाँ लगेको केही मिनेटमा नै उसको मृत्यु भयो । बुढी बालबच्चा भएको मान्छे थियो ।’

Skip This
Skip This
Logo