गोकर्णेश्वरमा लुटेरा समूहको खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते

गोकर्णेश्वरमा लुटेरा समूहको खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गोकर्णेश्वरमा लुटेरा समूहको खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । बिहीबार गोकर्णेश्वर नगरपालिका ७ शिवचोकमा लुटेराको ३ जनाको समूहले स्थानीय महिलालाई खुकरी प्रहार गरेर लुटपाट गरेका हुन् ।

एक जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् भने २ जना फरार भएका छन्। महिलालाई उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय प्रहरीचौकीमा जेनजीले आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेपछि प्रहरी बस्न सकेको छैन।

Logo