दसैंको टीकाको साइत कुन देशमा कति बजे ? [सूचीसहित]

दसैंको टीकाको साइत कुन देशमा कति बजे ? [सूचीसहित]

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीका लागि दसैंको टीकाको साइत सार्वजनिक गरेको छ।

नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तमसाइत रहेको जनाएकाे समितिले शनिबार विभिन्न देशमा लगाइने साइत पनि सार्वजनिक गरेको हो। विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेट, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ मा शुभसाइत रहेकाे छ ।

Logo