बालाजुमा बस दुर्घटना, ३४ जना घाइते

बालाजुमा बस दुर्घटना, ३४ जना घाइते

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन ।’

उनका अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Logo