नवरात्रिमा बेहुलीझैं सजिएको मैतीदेवी मन्दिर [भिडियो]

नवरात्रिमा बेहुलीझैं सजिएको मैतीदेवी मन्दिर [भिडियो]

केन्द्रबिन्दु
12
Shares

नेपालीहरुको महान् चाड दशैंको आगमनसँगै हरेक वर्ष जस्तै यस वर्ष पनि काठमाडौंको मैतीदेवी मन्दिर उल्लासमय देखिएको छ । मन्दिर प्राङ्गणको माहोल यति दिव्य र मनमोहक छ कि मानौं, एउटी बेहुली सिंगारिएर आफ्नो प्रियतमलाई भेट्न आतुर छे ।

करिब ४०० वर्षभन्दा पूरानो मैतीदेवी मन्दिर काठमाडौँको बानेश्वर, ज्ञानेश्वर र डिल्लीबजारको बीचमा अवस्थित एक प्रसिद्ध तथा प्राचीन शक्तिपीठ हो। नवरात्री सुरु भएसँगै मन्दिर परिसरमा श्रद्धालुहरूलाई मनैदेखि शान्ति दिने गरी पारिएको झिलिमिलीले यस क्षेत्रको वातावरण नै उज्यालिएको छ । रातिको समयमा घण्टको आवाज, शंखध्वनि र देवीको जयजयकारले गुञ्जायमान सुनिने मन्दिरको त्यो भव्य सजावट देखेर खुसी र श्रद्धा दुवैको भाव झल्किन्छ । मन्दिरको छाना र टुँडालहरूमा जडिएका देवीदेवताका काष्ठकलाहरू रातो, पहेँलो र सुनौला रङका नयाँ बन्दनवार र फूलमालाहरूले सजिएका छन् । मन्दिरको साँझपखको दृश्य हेर्न भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई माइती देवी हुँदै मैतीदेवी भन्ने गरिएको हो।

Skip This
Skip This
Logo