मेलम्ची, सिन्धुपाल्चोक । आज बिहान काठमाडौँबाट सिन्धुपाल्चोकको हेलम्बु (पाल्चोक) जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ।
बा ३ ख ९३०८ नम्बरको उक्त बस मेलम्ची नगरपालिका-१३, फटकसिला भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहे पनि बस तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। दुर्घटनामा परी बसमा सवार यात्रुहरू घाइते भएका छन्। यद्यपि, प्रहरीका अनुसार अहिलेसम्म घाइतेहरूको यकिन विवरण आइसकेको छैन र उद्धार कार्य जारी रहेको छ।































प्रतिक्रिया