वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

केन्द्रबिन्दु
18
Shares

वीरगन्ज। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन सक्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरिया प्रहरीले पुगेर अनुसन्धान अघि बढाएको छ ।

मृतकको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र निश्चित हुने प्रहरीले जानकारी दिएको छ । आवश्यक अनुसन्धानपछि शव परीक्षणका लागि वीरगन्ज ल्याइने जनाएको छ ।

Logo