कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द

कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हाल देशभर विशेषगरी बागमती प्रदेशमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको सन्दर्भमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा झनै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई समेत ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन चलाउन पूर्ण रोक लगाइएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेद्वारा जारी सूचनामा भनिएको छ, ‘संभावित विपद् अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न यो निर्णय गरिएको हो । यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सजग रहन अनुरोध गरिएको छ ।’

प्रशासनले जनताको सुरक्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

Skip This
Skip This
Logo