बाढीपहिरोले देशभरका अधिकांश राजमार्ग अवरुद्ध

बाढीपहिरोले देशभरका अधिकांश राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ। यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ।

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ। सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन्।

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल –हुमाने– काठमाडौं सडक पनि अवरुद्ध भएको छ। कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक बन्द छ। मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ। कोशी लोकमार्गअन्तर्गत साघुँ रीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ।

Skip This
Skip This
Logo