न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा क्रमिक सुधार आउँदै

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा क्रमिक सुधार आउँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा क्रमिक सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ ।

त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ । बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ ।

यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।

Skip This
Skip This
Logo