विराटनगर । लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
प्रमुख अवरुद्ध सडकहरूः
पाँचथर : फाल्गुनन्द-३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम-३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ-८ (आकाशे भञ्ज्याङ), फिदिम-११ (फेमे खोला), याङवरक-२ (दोभाने खोला), याङवरक-३ (रिजाल भिर), फिदिम-१२ (पिपलबोटे)
उदयपुर : कटारी-१४ (दलदले सडक, चनौटे)
धनकुटा : साँगुरीगढी-१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास-४,५ (पाख्रिबास, दिकुरे)
संखुवासभा : मकालु-३ (एकुवा)
सुनसरी : धरान-१३ (विष्णुपादुका)
इलाम : इलाम-९ (राजदुवाली)
धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् । सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान र मर्मत कार्यमा खटिएका छन्।































प्रतिक्रिया