ओली र लेखकविरूद्धको जाहेरीलाई प्रहरीले पठायो जाँचबुझ आयोग

ओली र लेखकविरूद्धको जाहेरीलाई प्रहरीले पठायो जाँचबुझ आयोग

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ ।

मंगलबार दिउँसो चार मृतकका परिवारले बुझाएको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको हो । भदौ २३ र २४ गतेको आन्दोलनबारे छानविन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले जाहेरी उतै पठाइएको हो ।

आज मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका थिए ।

Skip This
Skip This
Logo