टोखामा एक युवकको हत्या, २ जना पक्राउ

टोखामा एक युवकको हत्या, २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको भएपनी उपचारकै क्रममा मृत्यु भएको हो ।

पक्राउ परेकाहरुमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

Logo