काठमाडाैं । प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजरायल सरकारलाई हस्तान्तरण गरेको छ।
सोमबार साँझ हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायली सेना (आइडिएफ)लाई हस्तान्तरण गरेको हो। चार वटा बाकसमा विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको छ । बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो।
आइडिएफले प्राप्त गरेको चारै जनाको शवको अब फरेन्सिक परीक्षण हुनेछ। हाल फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई भने आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका खबरहरु पनि बाहिरिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए।































प्रतिक्रिया