जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही ठगी आराेपमा पक्राउ

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही ठगी आराेपमा पक्राउ

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । जेनजीका नाममा विभिन्न सरकारी कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही ठगी आराेपमा पक्राउ परेका छन्।

अख्तियारदेखि क्यानसम्मका कर्मचारी धम्क्याउँदै आएका उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हाे । यसअघिका उजुरीहरु पनि रहेको र पछिल्लो समय पनि विभिन्न गैरकानुनी गतिविधि गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएकाे छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ।

Logo