प्रहरीका सात जना एसपीहरूको काज सरुवा

प्रहरीका सात जना एसपीहरूको काज सरुवा

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय रौतहटमा रविन कार्कीको सरुवा भएको छ । यसअघि धनुषामा कार्यरत नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा र रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई भने उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ ।

Logo