तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ कार्तिक ०२ देखि ०८ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

मेष राशि हुनेहरूका लागि यो हप्ता मिश्रित रहनेछ । हप्ताको सुरुवात व्यस्त र तनावपूर्ण रहनेछ, तर हप्ताको अन्त्यतिर परिस्थिति सुधारतर्फ जानेछ । कामकाजमा जिम्मेवारी बढ्नेछ। पुराना अट्केका काम पूरा हुने सम्भावना छ। व्यापारमा लाभको योग छ, तर साझेदारीमा विवाद हुनसक्छ। अधिकारी वा ठूला व्यक्तिहरूसँग मतभेद हुनसक्ने भएकाले संयमित रहनु आवश्यक छ।

प्रेम र वैवाहिक जीवनमा उतारचढाव रहनेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउनसक्छ, त्यसैले ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा पनि असमझदारी हुनसक्छ, तर हप्ताको अन्त्यतिर परिस्थिति सुधारिनेछ। पारिवारिक समर्थन प्राप्त हुनेछ।

धनको आगमन सामान्य रहनेछ, तर खर्च बढ्नेछ। अनावश्यक खर्चबाट जोगिनुहोस्। नयाँ लगानी सोच–विचार गरेर मात्र गर्नु उपयुक्त हुनेछ।स्वास्थ्यतर्फ हार्मोनल समस्या, आँखाको दुखाइ वा निद्राको कमी हुनसक्छ। योग र ध्यान गर्नाले लाभ मिल्नेछ। हप्ताको अन्त्यतिर सानो चोटपटक वा दुर्घटनाको सम्भावना छ, त्यसैले सावधानी अपनाउनुहोस्। व्यवसायसँग जोडिएका जातकहरूले हप्ताको पूर्वार्धमा केही राहत अनुभव गर्नेछन्। बजारमा आएको तेजीको लाभ उठाउन सकिनेछ। तर हप्ताको उत्तरार्धमा धनको लेनदेनमा सावधानी अपनाउनु पर्नेछ र जोखिमपूर्ण लगानीबाट टाढा रहनु लाभदायक हुनेछ।

विद्यार्थीहरूले परीक्षा वा प्रतियोगिताको तयारीमा अधिक मेहनत गर्नु आवश्यक छ। परिवारका वरिष्ठ सदस्यको स्वास्थ्यमा मन चिन्तित हुनसक्छ।

उपाय- सूर्यलाई बिहान जल अर्पण गर्नुहोस् । शिव चालीसा वा महामृत्युञ्जय मन्त्रको जाप गर्नु लाभदायक हुनेछ।

वृष राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ । हप्ताको सुरुवातमा तपाईंलाई अचानक लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा खानपानको विशेष ध्यान राख्नुहोस्। विद्यार्थीहरूले पढाइमा केही समस्या अनुभव गर्न सक्छन्। उच्च शिक्षा सम्बन्धी प्रयासरत व्यक्तिहरूलाई शुभ समाचारको लागि अझै केही समय पर्खनु पर्नेछ। यदि तपाईं जागिरको खोजीमा हुनुहुन्छ भने, यस हप्तामा कुनै अवसर प्राप्त हुन सक्छ। सानो वा ठूलो अवसर हातबाट जान नदिनुहोस्, नत्र पछि लामो समय पर्खनुपर्ने हुन सक्छ।

भूमि वा भवन खरीद गर्ने योजना बनाउनु भएको छ भने, खरीद अघि राम्रोसँग जाँच–पड़ताल गर्नुहोस्, नत्र समस्या आउन सक्छ। मानिसहरूसँग सम्पर्क स्थापित गर्दा सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्धमा सतर्कता आवश्यक छ।व्यवसाय गर्नेहरूले लाभदायक सम्झौता वा डिल पाउन सक्नेछन्। नयाँ लगानी वा व्यापार विस्तारका लागि समय अनुकूल छ।

पारिवारिक सदस्य वा साथीहरूबाट सहयोग प्राप्त हुनेछ । धनको दृष्टिले यो हप्ता शुभ छ । अड्किएका पैसाहरू फिर्ता हुने वा नयाँ आयका स्रोत खुल्ने सम्भावना छ। आत्मविश्वास र सकारात्मक ऊर्जा बढ्नेछ। नयाँ सवारी साधन किन्ने समय अनुकूल छैन। नकारात्मक सोच वा निराशाजनक व्यक्तिहरूबाट टाढा रहनु लाभदायक हुनेछ।

पारिवारिक जीवनमा शान्ति र सामञ्जस्य रहनेछ। सानो मतभेद भए पनि धैर्य र व्यवहारिक दृष्टिकोणले समाधान सम्भव छ। घरमा सम्बन्धीको आगमन वा शुभकार्यको चर्चा हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता र समझदारी रहनेछ।

वैवाहिक जीवन सुखमय र सहयोगपूर्ण हुनेछ। अविवाहितको विवाह सम्बन्धी कुरा अघि बढ्न सक्छ।हप्ताको मध्यमा स्वास्थ्यसँग सम्बन्धित स–साना समस्या देखा पर्न सक्छ। हप्ताको उत्तरार्धमा जागिरपेशा जातकहरूका लागि कामको दबाब बढ्न सक्छ। अचानक अतिरिक्त जिम्मेवारी आउन सक्छ, जसलाई पूरा गर्न तपाईंले बढी मेहनत गर्नु पर्नेछ।

उपाय- प्रतिदिन देवी दुर्गाको पूजा गर्दै चालीसाको पाठ गर्नुहोस्।

मिथुन राशि

यो हप्ता मिथुन राशि हुनेहरूका लागि नयाँ सुरुवात र अवसरको समय हुनेछ। तपाईंको मेहनत, लगन र बुद्धिमत्ताका कारण जीवनमा नयाँ दिशाहरू खुल्ने सम्भावना छ।

कामकाजमा नयाँ परियोजना, जागिर वा प्रमोशनको अवसर प्राप्त हुन सक्छ। यदि तपाईं फिल्म, मिडिया, लेखन वा रचनात्मक क्षेत्रमा हुनुहुन्छ भने यो हप्ता विशेष सफलता र मान–सम्मान दिलाउनेछ। तपाईंको विचार शक्ति र अनुसन्धान क्षमताबाट वरपरका मानिसहरू प्रभावित हुनेछन्।

व्यापार गर्नेहरूको लागि पनि यो समय शुभ छ। आयका नयाँ स्रोत खुल्ने, रोकिएका पैसाहरू फिर्ता हुने, र व्यवसाय विस्तारका अवसर प्राप्त हुने योग छ। कामको चाप भए पनि तपाईंले आफ्नो पारिवारिक जिम्मेवारी उत्तम ढंगले पूरा गर्नुहुनेछ।
पारिवारिक दृष्टिले हप्ताको सुरुवात शान्त र सुखद रहनेछ, तर बीचतिर घरमा कुनै विवाद वा असमझदारी हुनसक्छ। समस्या देखिएमा धैर्यपूर्वक मिलेर समाधान गर्नु बुद्धिमानी हुनेछ। वाणीमा विनम्रता राख्नु अति आवश्यक छ।

स्वास्थ्यतर्फ सामान्य रहन सक्छ, तर काँध, गर्दन वा मानसिक तनाव जस्ता समस्या हुनसक्छ। नियमित व्यायाम, योग र ध्यान गर्नाले लाभ हुनेछ। मंगलवारको दिन कसैलाई पैसा उधारो नदिनुहोस्।

रचनात्मक कार्य, कला, लेखन, वा अनुसन्धानमा संलग्न व्यक्तिहरूका लागि यो हप्ता उपलब्धि र प्रेरणाले भरिएको रहनेछ। हप्ताको अन्त्य विशेष सुखद हुनेछ।कुसंगति वा नकारात्मक वातावरणबाट टाढा रहनुहोस्।सम्पत्ति वा घर–परिवार सम्बन्धी विषयमा विवाद नगर्नुहोस्। इन्टरभ्यु वा परीक्षामा भाग लिँदा अत्यधिक सावधानी अपनाउनुहोस्।

उपाय- गणपति अथर्वशीर्षको पाठ गर्नु अत्यन्त शुभ हुनेछ ।

कर्कट राशि

यो हप्ता सौभाग्य र सफलताले भरिनेछ । तपाईंले विगतमा योजना बनाएका धेरै कामहरू अब मनचाहो रूपमा पूरा हुने सम्भावना छ। हप्ताको सुरुवात अत्यन्त शुभ र लाभदायक रहनेछ।

व्यवसाय वा रोजगारमा नयाँ उपलब्धि र लाभ प्राप्त हुनेछ। अड्किएका कामहरू अगाडि बढ्नेछन् र शत्रु वा विरोधीहरू कमजोर पर्नेछन्। तपाईंको बुद्धि, विवेक र कूटनीतिका कारण सबै चुनौतीहरूमा सफलता मिल्नेछ। आयका स्रोत बढ्ने, नयाँ कामको अवसर खुल्ने, र संपत्ति खरिद-विक्रीका लागि समय अनुकूल देखिन्छ। नयाँ घर वा सवारी साधन खरिद गर्ने शुभ योग पनि छ।

हप्ताको मध्यतिर व्यापारमा केही विलम्ब वा निराशा हुनसक्छ। सरकारी नीतिहरू, कागजी प्रक्रिया वा नियमहरूको कारण अलिक कठिनाइ देखिन सक्छ। तर सप्ताहको अन्त्यमा स्थिति पुनः सुधारिनेछ र व्यापारले गति लिनेछ। घर–परिवारमा स्नेह, सहयोग र सद्भावनाको वातावरण रहनेछ। आमाबुबाको माया र आशीर्वाद प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा र मानसम्मानमा वृद्धि हुनेछ। परोपकार, सेवा वा धार्मिक कार्यमा मन लाग्नेछ।

प्रेम जीवनमा मिश्रित स्थिति रहनेछ। केहीका लागि सम्बन्धमा गहिराइ र आत्मीयता बढ्नेछ भने अरूका लागि धोका वा असमझदारीको सम्भावना पनि छ। विवाहितहरूले जीवनसाथीसँग सानो मतभेद अनुभव गर्न सक्छन्, तर धैर्य र प्रेमले सब ठीक हुनेछ।
पैतृक सम्पत्ति सम्बन्धी विवाद वा निर्णय यस हप्तामा टार्नु उत्तम हुनेछ। संवेदनशील वा विवादास्पद विषयमा वाद–विवाद नगर्नुहोस्। पितासँग मतभेद हुनसक्ने भएकाले व्यवहारमा संयम अपनाउनुहोस्।

मिडिया, लेखन वा सार्वजनिक क्षेत्रसँग जोडिएका व्यक्तिहरूले आफ्नो सुरक्षा र छविमा विशेष ध्यान दिनुपर्छ। सामान्य रहन्छ, तर तनाव र थकानबाट जोगिनुहोस्। खानपानमा सन्तुलन राख्नु र पर्याप्त विश्राम लिनु लाभदायी हुनेछ।

उपाय- श्रीसूक्तको पाठ गर्नाले धन, शान्ति र सौभाग्य वृद्धि हुनेछ।

सिंह राशि

यो हप्ता सिंह राशि हुनेहरूका लागि मध्यम तर फलदायी रहन्छ । हप्ताको सुरुवात शुभ र उत्साहपूर्ण हुनेछ । जीवनसाथीको सहयोग र प्रेरणाले तपाईंको आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर वा अर्डर प्राप्त हुने योग छ, विशेष गरी प्रशासनिक सेवा वा नेतृत्व पदमा रहेका व्यक्तिहरूका लागि समय लाभदायक देखिन्छ।

व्यवसायमा विस्तारका योजना सफल हुन सक्छन्, तर यसका लागि तपाईंलाई धेरै धपाधप र मेहनत गर्नुपर्नेछ। हप्ताको मध्यतिर मनमा केही अशान्ति वा अनिष्टको डर उत्पन्न हुनसक्छ, तर विवेक र धैर्यले सबै समस्या समाधान हुनेछ। घर–परिवारमा सद्भाव र समर्थन मिल्नेछ। नातेदारसँग सम्बन्ध मधुर रहनेछ।

वैवाहिक जीवनमा रोमान्टिक र आत्मीय समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा पनि नजिकपना र समझदारी बढ्नेछ।आर्थिक दृष्टिले, शेयर बजार वा लगानीबाट लाभ हुने योग छ, तर नयाँ ठूला योजना वा सम्पत्ति खरिदमा सोच–विचार गरी निर्णय गर्नु राम्रो हुनेछ । कानुनी वा सरकारी मामिलामा सावधानी अपनाउनुहोस्। विद्यार्थीहरूले अध्ययनमा ध्यान दिनु पर्नेछ, मेहनतको परिणाम अन्ततः राम्रो आउनेछ।

यदि पार्टनरशिपमा व्यापार गर्दै हुनुहुन्छ भने कागजी काम र लेनदेनमा सावधानी अपनाउनुहोस्, ढिलासुस्तीले समस्या ल्याउन सक्छ। हप्ताको अन्त्यमा पैतृक सम्पत्ति वा कोर्ट–कचहरीका विषयहरूमा व्यस्तता बढ्न सक्छ। पिताको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ।मुत्र सम्बन्धी समस्या, निन्द्रा अभाव वा थकान महसुस हुनसक्छ। हल्का भोजन लिनुहोस् र पर्याप्त विश्राम गर्नुहोस्।

उपाय- प्रत्येक बिहान सूर्यदेवलाई अर्घ्य दिनुहोस्। आदित्य हृदय स्तोत्रको पाठ गर्नु शुभ रहनेछ।

कन्या राशि

यो हप्ता शुभ रहनेछ । हप्ताको सुरुवातदेखि नै कामकाजमा अनुकूलता रहनेछ। सुखसुविधा सम्बन्धी कुरामा खर्च बढ्नेछ। मनोकामना पूरा हुँदा घरमा खुसीको वातावरण रहनेछ। घर, जमिन वा सवारीसाधन सम्बन्धी लाभ प्राप्त हुन सक्छ। व्यवसायमा सुधार र प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहने सम्भावना छ तर परिश्रम बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ र आफ्नो लगनशीलताले आर्थिक स्थिति सुधारिनेछ।

हप्ताको बीचतिर धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। समाजसेवा र परोपकारी कार्यतिर मन आकर्षित हुनेछ । विद्यार्थी वर्गका लागि पढाइमा रुचि बढ्नेछ। घर–जग्गा वा पैतृक सम्पत्तिसम्बन्धी विवाद छलफलबाट समाधान हुन सक्छ। विरोधी पक्ष आफैं मिलापको प्रस्ताव ल्याउन सक्छ। व्यापार गर्ने व्यक्तिहरूको स्थितिमा अचानक सुधार देखापर्न सक्छ।

हप्ताको उत्तरार्ध लाभदायक रहनेछ । रोकिएको धन फिर्ता पाउने सम्भावना छ। प्रेमसम्बन्धमा सहजता रहनेछ। वैवाहिक जीवनमा मेलमिलाप र समझदारी रहनेछ। पिता वा वरिष्ठ व्यक्तिबाट स्नेह र आशीर्वाद प्राप्त हुनेछ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध बलियो बन्नेछन्।

घरमा खुसी र सौहार्दको वातावरण रहनेछ। आफ्नै व्यवहारमा मृदुता आउनेछ। टाढाको यात्रा हुने योग छ। उच्च पदस्थ व्यक्तिसँग विचार नमेल्दा पनि पदोन्नति वा मान–सम्मान प्राप्त हुन सक्छ। कुनै महत्वपूर्ण बैठक वा निर्णयमा तपाईंको भूमिका रहनेछ।

उपाय- प्रत्येक दिन भगवान् गणेशको पूजा गर्नुहोस् र गणेश चालिसा पाठ गर्नु शुभ रहन्छ।

तुला राशि

यो हप्ता तुला राशि हुनेहरुका लागि मिश्रित फलदायी रहनेछ । पुराना साथी र आफन्तसँग भेटघाटको अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईँको प्रशंसा हुनेछ र तपाईँको योग्यता तथा प्रतिभा अझ निखारिनेछ। ज्येष्ठ वा अनुभवी व्यक्तिहरूको मार्गदर्शन प्राप्त हुनेछ। विदेश यात्रा वा लामो दूरीको भ्रमणको योजना बन्न सक्छ।

प्रेम सम्बन्धमा आत्मीयता र रोमान्सको वृद्धि हुनेछ। जीवनसाथी प्रसन्न रहनेछन् र सम्बन्धमा नजिकापन बढ्नेछ। हप्ताको सुरुवातमा करियर वा व्यापारसँग सम्बन्धित लामो दूरीको यात्रा हुन सक्छ, जसले नयाँ अवसरहरू प्रदान गर्नेछ। आर्थिक दृष्टिले यो समय लाभदायक रहनेछ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूले कुनै शुभचिन्तकको सहयोग पाउने सम्भावना छ।

विदेशमा करियर वा व्यापारका लागि गरिएका प्रयास सफल हुनेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कार्यभार वा यात्राका कारण थकान अनुभव हुन सक्छ, त्यसैले विश्राममा ध्यान दिनुहोस्।

तर हप्ताको बीचतिर केही चुनौती पनि देखिनसक्छ । खानपानमा नियन्त्रण राख्नुहोस्, अन्यथा स्वास्थ्यमा असर पर्न सक्छ। घरपरिवारका मामिलामा धैर्य अपनाउनुहोस्, किनभने वैचारिक मतभेद हुनसक्छ। अनावश्यक विवाद र प्रपञ्चबाट टाढा रहनुहोस्। लगानीका मामिलामा सोचविचार गरेर मात्र निर्णय लिनुहोस्, अन्यथा हानि हुन सक्छ।

राशि स्वामी शुक्र नीचस्थ भएकाले धनसम्बन्धी केही कठिनाइ आउन सक्छ। त्यसैले खर्चमा सन्तुलन राख्नुहोस् र आर्थिक निर्णयमा सावधानी अपनाउनुहोस्। आत्मविश्वासमा केही कमी महसुस भए पनि तपाईँको लगनशीलता र संयमले परिस्थितिलाई नियन्त्रणमा राख्नेछ।

उपाय- प्रत्येक दिन भगवान् शिवको पूजा गर्नुहोस् र शिव चालीसाको पाठ गर्नु अत्यन्त शुभ रहनेछ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका लागि यो हप्ता अत्यन्त शुभ र सौभाग्यपूर्ण रहनेछ। यस हप्तामा तपाईंको वाणी र व्यवहारले ठूलो काम सजिलै सम्पन्न हुनेछ। घर र बाहिर दुबै स्थानमा तपाईंलाई भरपूर सहयोग र समर्थन प्राप्त हुनेछ।

सोचेका कार्य मनचाहे तरिकाले पूरा हुँदा तपाईंको साहस र धैर्यमा वृद्धि हुनेछ।व्यवसायमा तपाईंलाई मनचाहा लाभ हुनेछ। यस सन्दर्भमा गरिने यात्राहरू सुखद र व्यवसायलाई अगाडि बढाउन सहयोगी साबित हुनेछन्। स्वास्थ्य र सम्बन्धहरू पूर्ण रूपमा अनुकूल रहनेछन्।

हप्ताको बीचतिर घरमा मांगलिक कार्य, उत्सव वा पूजापाठ हुन सक्छ। यस समयमा लामो समयपछि प्रियजनसँग भेटघाटको अवसर प्राप्त हुनेछ।

इष्ट मित्रहरूको सहयोग पनि मिल्ने सम्भावना छ। धार्मिक कार्य, पूजा-पाठ आदि प्रति श्रद्धा बढ्नेछ। हप्ताको उत्तरार्धमा कुनै तीर्थ यात्रा गर्न सकिने योजना बन्न सक्छ। काम गर्नेहरूले कार्यभार बढ्नेछ र उच्च पद वा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ।

सप्ताहको उत्तरार्धमा अचानक धन प्राप्ति सम्भावना छ। यसले आर्थिक स्थिति सुधार्नेछ। पारिवारिक सदस्यसँग तालमेल कायम राख्दा घरमा शान्ति र खुशी रहनेछ। सहोदर भाई-बहिनिबाट लाभ मिल्नेछ। प्रेम-प्रसंगमा प्रेम र आकर्षणमा वृद्धि हुनेछ। सन्तान सम्बन्धी कुनै ठूलो समस्या देखिँदैन।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै हनुमान चालिसा सातपटक पाठ गर्नु लाभदायक हुनेछ ।

धनु राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ। यस हप्तामा केही संघर्ष पछि मात्र लाभ र सफलता प्राप्त हुनेछ। अचानक आउने ठूलो समस्याका लागि पूर्वतयारी गर्न आवश्यक छ। विशेष गरी नौकरीपेशा व्यक्तिहरूले कार्यक्षेत्रमा विरोधीहरूबाट सतर्क रहनु पर्छ, जसले तपाईंको काममा अड़चन पुर्‍याउन सक्छ।

यस समयमा तपाईंको बुद्धि र विवेकले मात्र कठिनाइहरू पार गर्न सकिन्छ।धनु राशिका जातकहरूलाई अरूको बहकावटमा नपर्न सल्लाह दिइन्छ। हप्ताको मध्यतिर लामो दूरीको यात्रा हुन सक्छ। यस क्रममा चीजहरू तपाईंको अनुकूल देखिनेछन्। इष्ट मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। अचानक ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले आफ्नो जमापूंजीको प्रयोग सोच–विचार गरेर गर्नुहोस् र भावना बहेर ठूलो निर्णय नगर्नुहोस्।

हप्ताको उत्तरार्धमा भूमि, वाहन, भवन आदि क्रय-विक्रयको योग बनिरहेका छन्। मनमा पवित्र विचार उत्पन्न हुनेछन्। माता-पिता र भाई–बहिनीबाट विशेष स्नेह र सहयोग प्राप्त हुनेछ। शेयर बजारसँग सम्बन्धित व्यक्तिहरूलाई लाभ मिल्नेछ। व्यापार वृद्धि गर्न नयाँ रणनीति निर्माण गर्न सकिन्छ। धार्मिक विश्वासमा वृद्धि हुनेछ। सामाजिक कार्यक्रममा भाग लिन सकिन्छ।

मित्रहरूले सहयोग गर्ने प्रयास गर्नेछन्। नौकरीपेशा व्यक्तिको आय बढ्ने सम्भावना छ । यस हप्तामा हृदय रोगीहरूले खानपानमा ध्यान दिनुहोस्। जीवनसाथीसँग विश्वास कायम राख्नुहोस्। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी पर्नसक्छ । नकारात्मक विचारलाई मनमा नबस्न दिनुहोस्। कर्जा तिर्ने दबाब रहन सक्छ। शत्रुहरूको संख्या बढ्न सक्छ। लोकप्रियताको चक्करमा गल्ती हुन सक्नेछ। मौसमी रोगले असर पार्न सक्छ।

उपाय- श्री विष्णु सहस्त्रनामको पाठ गर्नु लाभदायक हुनेछ ।

मकर राशि

यो हप्ता मिश्रित रहनेछ । हप्ताको शुरुवात अत्यन्तै राम्रो हुनेछ। विरोधीलाई पराजित गर्ने अवसर प्राप्त हुनेछ । परिवारसँग सम्बन्धित कार्यहरूमा यो हप्ता महत्वपूर्ण रहनेछ। गुरु ग्रहको दृष्टिले शनि माथि लाभदायक असर पार्नेछ। मान–सम्मान र धन दुवै प्राप्त हुनेछ। अरूको सहयोग बिना पनि ठूलो लाभ कमाउन सकिनेछ।

मित्रहरूबाट राम्रो सूचना प्राप्त हुन सक्छ। भविष्यको योजना बनाउने दृष्टिले हप्ता अनुकूल हुनेछ। प्रेम सम्बन्धमा मधुरता रहनेछ। व्यवसायीहरूले आफ्नो स्टाफको गतिविधिमा ध्यान दिनु आवश्यक छ। भाई–बहिनीसँग विवाद नगर्नुहोस्। साना बच्चाहरूलाई आगो र पटाका प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। पुरुष जातकहरूले महिलाप्रति व्यवहार सन्तुलित राख्नु पर्छ। । वैवाहिक जीवनमा विवाहेतर सम्बन्धले समस्या उत्पन्न गर्न सक्छ। अरूको ग्यारेन्टी लिनु उचित छैन।

हप्ताको शुरुवात संघर्षपूर्ण तर लाभदायक हुनेछ। कठिन परिश्रमको माध्यमबाट मनचाहा लाभ प्राप्त हुनेछ, तर त्यसका लागि बढी मेहनत गर्नु पर्नेछ। मकर राशिका व्यक्तिहरूको सत्ता–सरकारसँग सम्बन्ध प्रगाढ रहनेछ र उनीहरूको सहयोगले अटके काम पूरा हुनेछ। हप्ताको मध्यतिर समय केही प्रतिकूल रहनेछ।

सम्पत्ति क्रय–विक्रयका लागि यो समय अनुकूल छैन। पैतृक सम्पत्ति वा अन्य पारिवारिक मामिलामा माता–पितासँग मतभेद हुन सक्छ। कार्यक्षेत्रमा विरोधीसँग तनाव रहनेछ। विद्यार्थीहरूले पढाइमा बढी परिश्रम गर्नु आवश्यक छ। यद्यपि, कठिन परिस्थितिमा इष्ट मित्रहरूको सहयोग प्राप्त हुनेछ।

व्यवसायीहरूले धन लेनदेनमा सावधानी अपनाउनुपर्छ।स्वास्थ्य र सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछ। हप्ताको उत्तरार्धमा स्वास्थ्य प्रतिकूल रहनेछ। पुरानो रोग फेरि देखा पर्न सक्छ। वैवाहिक जीवनमा मतभेद हुन सक्छ, अनावश्यक विवादबाट बच्नुपर्छ।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्नुहोस् र बजरङ्ग बाणको पाठ गर्नु लाभदायक हुनेछ।

कुम्भ राशि

यो हप्ता अत्यन्तै शुभ रहनेछ । हप्ताको शुरुवात शुभ समाचारसहित हुनेछ। यस क्रममा घरमा कुनै मांगलिक कार्यको योग बन्न सक्छ। यदि तपाईं बेरोजगार हुनुहुन्छ भने मनचाहे रोजगार प्राप्त हुने सम्भावना छ। उच्च शिक्षाका प्रयास सफल हुनेछन्। कार्यक्षेत्रमा अनुकूलता रहनेछ। तपाईंको कठिन परिश्रम र प्रयासले अधिकारीहरूको प्रशंसा पाउनेछ।

कुल मिलाएर यो हप्ता तपाईंका लागि अधिकतम लाभदायक र उन्नतिदायक रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। तपाईं आफ्नो बुद्धि र मेहनतद्वारा आर्थिक स्थिति बलियो बनाउन सफल हुनुहुनेछ। हप्ताको मध्यतिर तपाईं कुनै ठूलो कारोबारी सम्झौता गर्न सक्नुहुन्छ। यस क्रममा कारोबारमा मनचाहा लाभ हुनेछ।

बजारमा तपाईंको प्रतिष्ठा बढ्नेछ। हप्ताको उत्तरार्धमा धन राम्रो कार्यमा खर्च हुनेछ। तपाईंको मधुर वाणी र व्यवहारले मानिसहरूलाई आकर्षित गर्नेछ। समाजमा मान–प्रतिष्ठा कायम रहनेछ।विद्यार्थीहरूको लागि यो हप्ता पढाइको दृष्टिले शुभ रहनेछ। प्रेम सम्बन्धमा विश्वास र आकर्षण बढ्नेछ। दांपत्य जीवन सुखमय रहनेछ। पूरा हप्ता राम्रो रहनेछ। परिवारसँग समय बिताउने अवसर प्राप्त हुनेछ।

विवेकपूर्वक काम गर्नु उपयुक्त हुनेछ। तपाईंलाई मानिसहरूको नेतृत्व गर्नुपर्ने हुन सक्छ। समाजमा तपाईंको प्रशंसा हुनेछ। सहकर्मीहरूसँग मधुर सम्बन्ध रहनेछ। करियर सम्बन्धी समस्याहरू समाधान हुनेछन्। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ।

हप्ताको शुरुवातमा कुनै अनावश्यक यात्रा गर्नु पर्न सक्छ, जसले तपाईंलाई असुविधा दिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ। कामको बोझले थकान महसुस हुनेछ। पितासँग झगडा हुन सक्छ। सरकारी कार्यमा कुनै लापरवाही नगर्नुहोस्। नयाँ सवारी साधन किन्ने योजना छ भने सावधानी अपनाउनुहोस्। विवाहमा जल्दबाजी नगर्नुहोस्। केही व्यक्तिहरू तपाईंलाई नीच देखाउने प्रयास गर्न सक्छन्।

उपाय- भगवान शिवको पूजा गर्नुहोस् र शिव चालिसा पाठ गर्नु लाभदायक हुनेछ।

मीन राशि

यो हप्ता मध्यम फलदायी रहनेछ । यस हप्तामा करियर र व्यवसायमा विशेष ध्यान दिन आवश्यक छ। स्वजनों र शुभचिन्तकको सहयोग प्राप्त हुनेछ, तर केही परिस्थितिहरूले तपाईंलाई सतर्क रहन बाध्य पार्न सक्छन्।

नाेकरीपेशा जातकहरूले कार्यक्षेत्रमा विरोधीहरूबाट सतर्क रहनु पर्नेछ, किनभने उनीहरूले तपाईंको काममा बाधा पुर्याउन सक्छन्। हप्ताको शुरुवातमा ठूलो खर्च हुनसक्छ, जसले बजेटमा असर पार्न सक्छ। विदेशमा करियर वा व्यवसाय गर्ने प्रयासरत जातकहरूले शुभ समाचारको लागि अझ प्रतीक्षा गर्नुपर्ने हुनसक्छ। धनको लेनदेनमा सतर्क रहनुहोस् र लगानी सोच–विचार गरेर गर्नुहोस्।

करियरमा नयाँ विकल्पमा विचार गर्नुपर्ने समय छ। सकारात्मक सोचमा रहनु लाभदायक हुनेछ। व्यावसायिक गतिविधिहरूमा पूरा हप्ता व्यस्त रहनु पर्छ। भौतिक सुविधाहरू विस्तार गर्ने योजना बनाउन सकिन्छ। शुभ कर्ममा विश्वास राख्नुहोस्। अट्किएका सम्पत्ति सम्बन्धी मुद्दाहरू समाधान हुनेछन्। विद्वानको रूपमा तपाईंको सम्मान बढ्नेछ।

हप्ताको शुरुवात केही नकारात्मक हुनसक्छ। जनसम्पर्कको दायरा धेरै बढाउनुहुँदैन। क्रोधले जीवनसाथीसँग विवाद हुनसक्छ। केही मित्रहरूबाट ऋण लिनुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा अत्यधिक आसक्ति हुनुहुँदैन। परिवारमा अनुशासन कायम राख्न आवश्यक छ।हप्ताको शुरुवातमा केही समस्या भए पनि उत्तरार्धमा अनुकूलता प्राप्त हुनेछ। करियर–व्यवसायका सिलसिलामा हप्ताको शुरुवातमा लामो दूरीको यात्रा आवश्यक हुनसक्छ। अवसर गुम्न नदिनुहोस्, अन्यथा पछुतो लाग्न सक्छ।

नाेकरी पेशा हुनेहरूले कार्यक्षेत्रमा तालमेल कायम राख्नुपर्छ। हप्ताको मध्यमा कार्यक्षेत्रको स्थिति सन्तोषजनक रहनेछ। स्वास्थ्यमा सानो प्रतिकूलता हुनसक्छ। यस समयमा स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउन सक्छ। भावनामा बहकिएर गलत निर्णय नगर्नुहोस्। विशेष गरी प्रेम–सम्बन्धमा सावधानी अपनाउनुपर्छ, पार्टनरमा हावी हुन नदिनुहोस्।

यस हप्तामा वाणी मधुर राख्नुहोस्, धेरै तर्क–वितर्क नगर्नुहोस्। खानपानमा संयम अपनाउनु लाभदायक हुनेछ। विद्यार्थीहरूले पढाइमा बढी मेहनत गर्नु पर्नेछ र आलस्य त्याग्नु पर्छ।

उपाय- भगवान विष्णुको पूजा गर्नुहोस् र नारायण कवचको पाठ गर्नु लाभदायक हुनेछ।

Skip This
Skip This
Logo