काठमाडौं ।
प्रहरीले बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना भएको भए पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए ।रासस





























प्रतिक्रिया