पत्रकारमाथि ज्यानमार्ने धम्की तथा पत्रकारको घर तोडफोडविरुद्ध (प्रेस सेन्टर नेपाल) को आपत्ती

पत्रकारमाथि ज्यानमार्ने धम्की तथा पत्रकारको घर तोडफोडविरुद्ध (प्रेस सेन्टर नेपाल) को आपत्ती

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। श्रमजीवी जनपक्षीय पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले संगठनका केन्द्रीय सचीव केशव भूल लगातयका पत्रकारमाथी समाचार लेखेको विषयमा ज्यान मार्नेसम्मको धम्की दिनेलाई कारबाहीको माग गरेको छ । प्रेस सेन्टर नेपालले आज एक प्रेस विज्ञप्ती जारी गरेर पत्रकारहरुमाथी ज्यानमार्ने तथा घरमा ढुङ्गाप्रहार गर्नेविरुद्द कडाभन्दा कडा कार्बाहीको माग गरेको हो ।

संगठनका केन्द्रीय महासचिव मनोज घर्तिमगर द्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘नेपाल प्रेसमा लेख प्रकाशित गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुललाई ज्यानमार्ने धम्की दिएका छन् । त्यस्तै, जनआस्था साप्ताहिक मा आफ्नो बारेमा समाचार प्रकाशित हुँदा नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पत्रिकाका सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएका छन् ।

संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्नुपर्नेमा लेख तथा समाचारको आधारमा पत्रकारहरूको हत्या गर्ने धम्की गैरकानुनी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी छन् । यस प्रकारका अक्षम्य धम्कीको प्रेस सेन्टर नेपाल घोर निन्दा गर्दछ ।

नेपाल प्रेस डटकममा ‘विप्लवको राजनीतिक यात्रा: क्रान्तिको भ्रमजाल, विभाजनको दुश्चक्र र असफलताको विरासत’ शीर्षकमा लेख लेख्दा पत्रकार केशव भुललाई ज्यान मार्ने धम्की दिने नेकपाका नेता तथा कार्यकर्ता र जनआस्था साप्ताहिकमा ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ शीर्षकमा समाचार प्रकाशित हुँदा सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिने एमाले नेता महेश बस्नेतमाथि कानुनी कारबाही गर्न माग गर्दछौं ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लमजुङ सदरमुकामस्थित घरमा गए राति अज्ञात समूहबाट ढुंगा प्रहार गरिएको घटनाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गरेर दोषीउपर कानुनी कारबाही गर्न माग गर्दछ ।

समाचार लेखेकै भरमा यो वा त्यो रूपमा पत्रकारमाथि आक्रमण गर्ने, धम्क्याउने र तर्साउने कार्य तुरुन्त रोक्न र उच्च प्रतिबद्धतासहित संविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न जोड्दार माग गर्दछौं।’

Skip This
Skip This
Logo