हरिबोधिनी एकादशीः चाँगुनारायणमा श्रद्धालुको घुइँचो

हरिबोधिनी एकादशीः चाँगुनारायणमा श्रद्धालुको घुइँचो

केन्द्रबिन्दु
3
Shares

आज हरिबोधिनी एकादशी मनाइँदैछ । हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। काठमाडाैं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ। हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ भक्तपुरमा रहेकाे चाँगुनारायण मन्दिरम पनि श्रद्धालुको भीड लागेकाे छ।  

Logo