काठमाडौं । आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन् ।
कार्तिक १६ आइतबार गतेदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको हो । आज १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एकघण्टा अघि हुने नियम छ ।
बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्ने गरेका थिए ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया