हिमाली जिल्ला मुस्ताङको साङ्ता गाउँ जाने बाटो हाल हिउँ नपग्लेकै कारण बन्द रहेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बाटो खुलाउने प्रयास गरे पनि हालसम्म सो बाटो सञ्चालनमा आउन सकेको छैन। यो बाटो करिब ४५०० मिटरको उचाइमा रहेको छ, जहाँ अहिले अत्यधिक हिउँ जमेको छ। उपल्लो डोल्पा जानका लागि व्यापारी, स्थानीय र पर्यटकहरूले यही बाटो प्रयोग गर्ने गरेका छन् ।




































प्रतिक्रिया