सिँजा । कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ भेडा मारेको छ । त्यसबाट एकै रातमा रु १ लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले जानकारी दिए ।
लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे। वर्षदिनको मेहनत एकै रातमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ । रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनको भनाइ छ । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।–रासस





























प्रतिक्रिया