वडाध्यक्ष यादवको गोली हानी हत्या गरेकाे आरोपमा प्रहरी जवान पक्राउ

वडाध्यक्ष यादवको गोली हानी हत्या गरेकाे आरोपमा प्रहरी जवान पक्राउ

केन्द्रबिन्दु
57
Shares

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ । उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ । गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।

Skip This
Skip This
Logo