काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएपछि उडान रोकिएको छ ।
शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एन-एएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको हो । चरा ठोक्किएपछि सुरक्षा प्रोटोकल अनुसार इन्जिनियरहरूले जाँच गरेका छन् ।
जाँच गरेपछि हाल पुनः उडानको तयारी भएको छ ।































प्रतिक्रिया