रौतहट

रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन् । गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । "/>

बोक्सीको आरोपमा महिलालाई जनप्रतिनिधिबाटै कुटपिट !

बोक्सीको आरोपमा महिलालाई जनप्रतिनिधिबाटै कुटपिट !

केन्द्रबिन्दु
0
Shares

रौतहट

रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन् । गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन् । पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन् ।

जेठानी सुमित्रा देवीको छोरा विजय राम गत एक बर्ष देखि विरामी रहेको उनको उपचार गराउँदा पनि निको नहुँदा धामी झाक्रीले ‘तिम्रो देवरानी गीताले बोक्सी लगाएको कारण छोरा निको हुन नसकेको हो’ भन्ने बताएपछि सोमबार साँझ जेठानीसँगै जेठाजु चुन्नी राम, उनका छोराहरु संजय, रंजय लगायतका आफन्तहरु लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।

कुटपिटबारे सोमबार साँझ नै प्रहरीलाई जानकारी गराएको गीताले बताइन् । गीताको श्रीमानलाई समेत दाजु लगायतले पनि कुटपिट गरेका छन् । आफ्नै जेठानी र जेठाजुबाट बोक्सीको आरोप लगाई कुटपिट गरेकोमा उनीहरुलाई कारवाही हुनु पर्ने गीताको माग छ ।
नागरिकबाट

Skip This
Skip This
Logo