पत्रकार महासङ्घ काठमाडौँ शाखाको आयोजनामा रक्तदान

पत्रकार महासङ्घ काठमाडौँ शाखाको आयोजनामा रक्तदान

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । ‘जेनजी’ प्रदर्शनपछि रगत अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । त्यस क्रममा पत्रकारदेखि राजनीतिकर्मीले पनि सहभागिता जनाएका थिए । नेतृ डा वृन्दा पाण्डेले ३८औँ पटक रक्तदान गरिन्। उनले ५०औँ पटकसम्म निरन्तर रक्तदान गर्ने इच्छासमेत व्यक्त गर्दै जीवन बचाउने सबैभन्दा सरल मानवीय सेवा रक्तदान भएको उल्लेख गरे।

महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल र सचिव रमेशकुमार बोहराले रक्तदान गरी सुरु भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, शाखाका पूर्वअध्यक्ष युवराज विद्रोही र राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले रक्तदान गरे ।

शाखा अध्यक्ष अर्यालले ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले पत्रकार र सामाजिक अभियन्ताको सक्रिय सहभागितामा हुने यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जागरूकता र प्रेरणा थप फैलिने विश्वास व्यक्त गरिन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन्।

Skip This
Skip This
Logo