आफूखुशी गैरहाजिर भएका २० प्रहरीलाई तत्काल हाँजिर हुन प्रधान कार्यालयको ७ दिने अल्टिमेटम

आफूखुशी गैरहाजिर भएका २० प्रहरीलाई तत्काल हाँजिर हुन प्रधान कार्यालयको ७ दिने अल्टिमेटम

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर भएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गरी केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर भएको जनाएको छ ।

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचनामार्फत आग्रह गरेको छ ।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo