दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा भएको तिन जनाको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक व्यक्तिले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
गत शनिबार कसेरीघाट क्षेत्रमा तीन जनाको शव फेला परेपछि सनसनी फैलिएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा मंगलबार एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति नियमित रूपमा फोहरमैला प्रशोधन केन्द्रमा आवतजावत गर्ने व्यक्ति हुन्। प्रारम्भिक सोधपुछमै उनले हत्या गरेको स्वीकार गरेका छन् भने घटनासम्बन्धी थप तथ्य संकलनको काम भइरहेको छ ।
मृतकको पहिचान शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापाको रूपमा खुलेको छ । तेस्रो मृतकको पहिचान अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण, हत्या गर्ने तरिका र सम्भावित संलग्नताबारे अनुसन्धान तीव्र बनाइएको छ । यस प्रकरणमा थप व्यक्ति संलग्न भए–नभएको विषयमा पनि प्रहरीले खोजी गरिरहेको छ ।































प्रतिक्रिया