दुई जिल्लाबाट ९ थान भरुवा बन्दुक बरामद, एक जना पक्राउ

दुई जिल्लाबाट ९ थान भरुवा बन्दुक बरामद, एक जना पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रहरीले काभ्रेपलाञ्चोक र बागलुङका विभिन्न स्थानबाट ९ थान भरुवा वन्दुक बरामत गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट ३२ वर्षीय सुजन तामाङ एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, बागलुङका तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ । गलकोट नगरपालिका ८ जोईपहरास्थित सामुदायिक जंगलबाट तीन थान बन्दुक बरामद भएको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाको टोलीले ती हतियार फेला पारेको हो ।

प्रहरीले बरामद हतियारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Logo