विराटनगर। मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले आफ्नै पत्नीको हत्या गरी आफू पनि आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुरालीमा गएर २१ वर्षीया अम्बिकाकुमारी मण्डललाई चक्कुले प्रहार गरी हत्या गरेका छन्। घटनापछि मुकेशले पनि त्यही चक्कु प्रयोग गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना मंगलबार बिहान २ः४५ बजे भएको हो। दुवैको शव घटनास्थलमै फेला परेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल घटनास्थल पुगेका छन् र प्रहरीले मुचुल्का उठाउने कार्य गर्दैछ।































प्रतिक्रिया