चितवनमा पाँच लाख १७ हजार नगदसहित २४ जुवाडे पक्राउ

चितवनमा पाँच लाख १७ हजार नगदसहित २४ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन ।

जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo