काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा सूचीकृत

काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको हावा फेरि सास फेर्नै गाह्रो हुने अवस्थामा पुगेको छ। आज मध्याह्नसम्म यहाँको वायु प्रदूषण १७५ एक्युआई पुगेपछि काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ।

१७५ एक्युआईको स्तर सबैका लागि अस्वस्थ मानिन्छ। यसको असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुरोगीमा गम्भीर पर्न सक्छ।

वातावरण विभागका अनुसार पानी नपर्नु, हावा नचल्नु, उद्योग–कलकारखानाबाट निस्कने धुवाँधुलो र तीव्र विकास निर्माण नै प्रदूषण बढ्नुका मुख्य कारण हुन्। यससँगै भारतबाट आउने सीमापार प्रदूषणले पनि काठमाडौंको हावालाई थप बिगारेको छ।

वातावरणविद्हरूका अनुसार अहिलेको अवस्था अझै खतरनाकतर्फ जान सक्छ। पानी नपरेसम्म प्रदूषण घट्ने संकेत देखिएको छैन।

सरकारले एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको भए पनि अहिलेको अवस्थाले सतर्कता अपनाउन ढिला भइसकेको संकेत गर्छ।

वायु प्रदूषणको दीर्घकालीन समाधानका लागि वातावरणमैत्री विकास, फोहोर नबाल्ने, सडकको धुलो नियन्त्रण र प्रदूषण फैलाउने गतिविधिमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

Logo