जनकपुरधाम
मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपालिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनु परेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ । "/>

विवाह भएर पनि बेहुली नदिए पछि बेहुला रित्तै घर फर्किए !

विवाह भएर पनि बेहुली नदिए पछि बेहुला रित्तै घर फर्किए !

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम
मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपालिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनु परेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ ।महोत्तरीको लोहरपट्टी नगरपालिका –८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेश कुमार यादवको छोरी बबिता यादवसँग दुई महिना अघि नै विवाहको छिनोफानो भयो ।

बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिना अघि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए । विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन् । आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियो । ११ फागुनको राति ९ बजे बेहुला पक्ष जन्ति सहित बेहुलीको घरमा पुग्यो । बेहुली पक्षले आफ्नो हैसियत अनुसार जन्तिलाई स्वागत सत्कारमा कमी गरेन । सार्वजनिक रुपमै बेहुला बेहुलीको स्वयम्वर भयो ।

सोही राति हिन्दू संस्कार अनुसार विवाह सम्पन्न भयो ।मिथिलामा विवाह सम्पन्न भएकै राति केटीपक्षका महिलाले बेहुलालाई विभिन्न प्रश्न सोधेर हाँस–परिहाँस गर्दै रमाइलो गर्ने चलन छ । त्यही रमाइलो गर्ने क्रममा स्थानीय महिलाहरूले बेहुलासँग दुई वटा प्रश्न गरे । तर बेहुलाले उनीहरुको प्रश्नको जवाफ दिन सकेनन् वा जवाफ दिन उचित ठानेनन् । त्यही विषयलाई लिएर बेहुली पक्षले बेहुला मानसिक रूपमा ठीक नरहेको भन्दै बेहुली लैजान नदिने बताएपछि आरोप–प्रत्यारोप सुरू भयो ।

सोही क्रममा स्थानीयले जन्तिहरूलाई कुटपिट समेत गरेको लोहरपट्टी नगरपालिका बगरा गाउँका जयशंकर यादवले बताए । यता बेहुला पक्षले बेहुली पक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएको छ । बेहुली पक्षले आफ्नो सामाजिक प्रतिस्ठामा आँच पुर्याएको तथा ठगी गरेको निवेदनमा उल्लेख गरिएको छ । बेहुला दिपेश यादवले भने, ‘लाखौँ खर्च भयो, केही पैसा साहु महाजनसँग ऋण पनि लिएको छु । तर बेहुली पक्षबाट गलत आरोप लगाएर हाम्रो सामाजिक प्रतिष्ठा हनन गर्ने काम भयो ।’

उनले आफू शारीरिक तथा मानसिक रूमा पूर्णस्वस्थ रहेको भन्दै अनाहकमा आरोप लगाएर अपमान गरेको बताए । विवाह हुनु भन्दा अघि नै बेहुलीकी आमा, नातेदार लगायतले आफूसँग पटक–पटक कुराकानी गरेको भन्दै उनले भने, ‘यस्तो घटनामा केटीपक्ष पीडित भएको भए आज विभिन्न अधिकारवादी संघसंस्थाले आवाज उठाउँथे । तर मेरो सन्दर्भमा सबै किन चुप छन् ?’ यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले छलफलका लागि दुवैपक्षलाई २० गते बोलाएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo