काठमाडौं ।
राजधानीको कलंकीमा आज बिहानै भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। एक जना घाइते छन् । उनको पनि अवस्था गम्भिर रहेको छ ।
प्रहरीका अनुसार कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै पार्किङमा रहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा २ जना नुवाकोटका छन् भने एक जनाको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया