चितवन। जाडो मौसम सकिएसँगै हिमालपारिबाट जाडो छल्न आएका चरा फर्किन थालेका छन् । गत असोजदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा आएको हाँस प्रजातिका चरा फेब्रुअरीको अन्तिम सातादेखि फर्किन थालेका हुन् भने मार्च अन्त्यसम्म सबै फर्किने अनुमान छ, नेपाल पन्छीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले जानकारी दिए।
मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट आउने यी चरा मुख्यतया कालीगण्डकी खोच हुँदै चितवनका नदी किनार, तालतलैया र घाँसेमैदानमा बस्छन् । जाडो छल्न आउने प्रमुख हाँस प्रजातिमा क¥याङकुरुङ, चखेवा, सुइरोपुछे, मालक, खडखडे, बिजुला, बाज र चिल रहेका छन् ।
नेपालमा १५० प्रजातिका चरा आगन्तुक रूपमा जाडोमा आउने गर्दछन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् । अध्यक्ष बिडारीका अनुसार यी चरा गर्मीमा बच्चा कोर्ने समयमा दक्षिणतर्फ फर्किन्छन् भने जाडोमा पुनः हिमालतर्फ फर्केर आउने गर्छन् ।
विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारी चराका लागि उपयुक्त वासस्थान मानिन्छन् । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा रहेको छ भने निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पन्छीको विचरणका लागि महत्वपूर्ण क्षेत्र हुन् ।





























प्रतिक्रिया