मिथिला परिक्रमाका भारतीय सहभागीलाई घर फर्कन सहजीकरण

मिथिला परिक्रमाका भारतीय सहभागीलाई घर फर्कन सहजीकरण

केन्द्रबिन्दु
51
Shares

महोत्तरी। प्रतिनिधिसभा निर्वाचन (फागुन २१) सुरक्षा प्रयोजनका लागि नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द हुने भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय यात्रीलाइ घर फर्कन सहज व्यवस्था गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सीमानाकाको आवागमन फागुन १८ मध्यरातदेखि फागुन २१ सम्म बन्द हुनेछ । तर भारतीय सहभागीलाई फागुन १९ मध्याह्नदेखि २० मध्याह्नसम्म धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर नाकाबाट घर फर्किन सुरक्षाकर्मीको सहजीकरण उपलब्ध गराइनेछ ।

यो १५ दिने परिक्रमाका यात्रु अन्तिम दिन सोमबार राती जनकपुर पुग्नेछन् र मङ्गलबार बिहान पञ्चकोसीमा परिक्रमा सम्पन्न गरी बुधबार मध्याह्नसम्म घर फर्किन सक्नेछन् । प्रशासनले महोत्तरी र धनुषा जिल्लाबीच समन्वय गरी सुरक्षित र सहज आवागमन सुनिश्चित गरेको जनाएको छ ।

परिक्रमा यात्रामा ठूलो संख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी हुने भएकाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

Logo