इनिसा विक हत्या प्रकरणः अनुसन्धानमा सघाउन सीआईबी टोली सुर्खेतमा

इनिसा विक हत्या प्रकरणः अनुसन्धानमा सघाउन सीआईबी टोली सुर्खेतमा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत। सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धानमा सघाउन केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सुर्खेत पठाइने भएको छ । प्रहरीले घटनाको थप प्राविधिक अनुसन्धानका लागि विज्ञ टोली बोलाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफ परीक्षण र सीडीआर विश्लेषणका लागि पनि छुट्टै टोली आउने तयारी छ । हालसम्म पोस्टमार्टम प्रतिवेदन प्राप्त भइसकेको र अन्य फरेन्सिक परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पीडित परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

वीरेन्द्रनगरमा ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी इनिसा जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाले देशभर ध्यान तानेको छ भने विभिन्न पक्षबाट निष्पक्ष अनुसन्धान र न्यायको माग उठिरहेको छ।

Skip This
Skip This
Logo