स्थानीय अवरोधले बञ्चरेडाँडामा काठमाडौँको फोहर विसर्जन रोकियो

स्थानीय अवरोधले बञ्चरेडाँडामा काठमाडौँको फोहर विसर्जन रोकियो

केन्द्रबिन्दु
0
Shares

त्रिशूली। स्थानीयबासिन्दाको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाबाट आएको फोहर विसर्जन रोकिएको छ। बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले विगतमा काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न अनुमति दिएका छैनन्।

स्थानीय निरञ्जन सञ्जेलका अनुसार, फोहर बोकेर आएका गाडीहरूलाई फिर्ता पठाइएको छ। उनले भने, “पटक–पटक भएका सहमति कार्यान्वयन नभएसम्म अवरोध जारी रहन्छ।”

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। तर नुवाकोटको ककनी गाउँपालिका १, २, ३ र धादिङको धुनबेँसी नगरपालिका १, ३, ४ वडाका स्थानीयले सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान नदिएका छन्। उनीहरूलाई स्थानीय जनप्रतिनिधि र दलका नेताहरूको समेत समर्थन रहेको बताइएको छ।

Logo