दशरथचन्द। बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।
भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए।
बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया