इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । सुर्खेतकी इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गर्दै शुक्रबार काठमाडौँमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बागबजारबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलासम्म पुगेको थियो। सहभागी विद्यार्थीहरूले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै विभिन्न नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा ‘नारी सुरक्षा सुनिश्चित गर’, ‘घटनाको निष्पक्ष अनुसन्धान गर’ जस्ता नाराहरू लगाइएका थिए। कालो पट्टी बाँधेर सडकमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय प्राप्त नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

इनिशा सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमार्टम प्रतिवेदनमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Skip This
Skip This
Logo