काठमाडौं । सुर्खेतमा मृत भेटिएकी इनिशा विकको घटनालाई लिएर राजधानीमा फेरि विरोध प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले महिला तथा दलितमाथि हुने हिंसा अन्त्य गर्न र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका थिए। हातमा प्लेकार्ड बोकेर नारा लगाउँदै उनीहरूले घटनालाई गम्भीर रूपमा लिन सरकारलाई दबाब दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा विक मृत अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।





























प्रतिक्रिया