लमजुङमा वृद्ध मृत अवस्थामा फेला

लमजुङमा वृद्ध मृत अवस्थामा फेला

केन्द्रबिन्दु
24
Shares

लमजुङ। लमजुङको बेसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल ड्याममा तैरिरहेको अवस्थामा आइतबार राति फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

मृतक सिलवालको शव उनका छोरा दीपक सिलवालले पहिचान गरेका छन्। धनबहादुर सिलवाल गत माघ १७ गतेदेखि हराइरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएको थियो।

त्यस दिन उनी घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भन्दै निस्किएका थिए। बेलुकासम्म घर नफर्किएपछि परिवारले प्रहरीमा जानकारी दिएको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको छ।

Logo