बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा कुटपिटपछि एक युवकको मृत्यु भएको छ।
स्वामीकार्तिक गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गर्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न धनबहादुर महतरालाई नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया