बूढीगंगामा आगलागीबाट मुसहर बस्तीको घर जलेर नष्ट

बूढीगंगामा आगलागीबाट मुसहर बस्तीको घर जलेर नष्ट

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो । 

प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँसबारीस्थित गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा दिउँसो करिब २ बजेतिर सोनु ऋषिदेवको घरबाट आगो लाग्न सुरु भएको थियो । 

कच्ची र टाटीबेरा गरिएको घरमा आगो तीब्र गतिले फैलिएको थियो । आगलागीका कारण घरभित्र भएका ग्यास सिलिण्डर विष्फोट हुँदा आगो फैलिएर थप घरहरुमा क्षति पुगेको हो । 

घटनाको जानकारी पाउनासाथ विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा लिएको थियो । 

करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो ।

Logo