२५ कर्मचारीको हाजिरीमा गाउँपालिका अध्यक्षको रातो कलम

२५ कर्मचारीको हाजिरीमा गाउँपालिका अध्यक्षको रातो कलम

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा छड्के अनुगमन गर्दा २५ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन् ।

अध्यक्ष यादवका अनुसार अनुगमनका क्रममा ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना कर्मचारी त्यो बेलासम्म गैरहाजिर रहेको पाइएको थियो । अनुपस्थित कर्मचारीहरूको हाजिरीमा रातो कलम लगाएका छन् ।

सेवाग्राहीबाट कार्यालय समयमा कर्मचारी उपस्थित नहुने समस्या रहेको गुनासो आउन थालेपछि गाउँपालिका अध्यक्ष यादवले छड्के अनुगमन गरिएका थिए ।

Logo