वीरगञ्ज । पर्सागढी नगरपालिका–३ बिरुवा टोलमा एक पतिले आफ्नै पत्नीमाथि क्रूर हिंसा गरेको घटना सार्वजनिक भएको छ। ३० वर्षका विशनाथ सहनीले चैत १ गते आफ्नी पत्नी हरिकला सहनीको बायाँ खुट्टा धारिलो हतियार ‘दाउ’ प्रयोग गरी पैतालाभन्दा माथिबाट काटेर गम्भीर घाइते बनाएको आरोप छ।
घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन। प्रहरीका अनुसार सहनी जंगलतर्फ फरार भएको सूचना पाएपछि खोजी कार्य तीव्र बनाइएको छ।
घाइते हरिकलाको अवस्था गम्भीर रहेको र बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएकाले पीडित पक्षले उपचार खर्च र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
यस घटनाले घरेलु हिंसाको भयावह रूप पुनः उजागर गरेको छ भने स्थानीयस्तरमा सुरक्षा र कानुनी कार्यान्वयनमाथि प्रश्न उठेको छ।































प्रतिक्रिया