सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको मृत्यु भएको १३ दिन बितिसक्दा पनि घटनाको अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। घटनालाई लिएर सुर्खेत प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा विस्तृत छानबिन अघि बढाइरहेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा संलग्न भएको आशंकामा चार जना बालकलाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। घटनास्थलबाट प्राप्त प्रमाण, मृतकको मोबाइल तथा अन्य विद्युतीय सामग्री र जैविक नमुनाहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। ती रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीको भनाइ छ।
घटनाबारे फरेन्सिक परीक्षणमा शारीरिक सम्बन्धका क्रममा गम्भीर चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको उल्लेख भए पनि पीडित परिवारले उक्त निष्कर्ष स्वीकार नगरी थप छानबिनको माग गर्दै आएका छन्। परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
हाल घटनाको अनुसन्धान जारी रहेको र थप प्रमाण तथा प्रतिवेदनको आधारमा निष्कर्ष निकालिने प्रहरीले जनाएको छ।





























प्रतिक्रिया