कैलालीमा सशस्त्र प्रहरी गुल्ममाथि आक्रमण, एक जना पक्राउ,पाँच जनाको खोजी जारी

कैलालीमा सशस्त्र प्रहरी गुल्ममाथि आक्रमण, एक जना पक्राउ,पाँच जनाको खोजी जारी

केन्द्रबिन्दु
18
Shares

कैलाली। कैलालीको खक्रौला भन्सारनजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोग लागेको छ। पक्राउ परेका साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको छ।

घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध पनि जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। मंगलबार व्यवसायीको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न विवादका क्रममा गुल्ममा आक्रमण भएको बताइएको छ।

Logo